Logo

प्रधानमन्त्री कार्यालयमा भोका कागको लकडाउन आहार (फोटोफिचर)



मुकुन्द कालिकोटेः भोको कागको लकडाउन आहारा । शनिबार कारोना भाईरस (कोभिड- १९) बाट सिर्जित लकडाउनको १९औं दिन । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्सबाट सम्वाद गर्दै हुनुहुन्थ्यो । हामी केही पत्रकारहरु चौरमा बसिरहेका थियौं । म ८, १० वटा भँगेरा आहारा खोज्दै गरेको हेरिरहेको थिएँ, त्यति नै बेला एउटा काग हानिएर आयो र एउटा भँगेरालाई मुखको चुच्चोले च्याप्प समात्यो र चिँचिँ पार्दै रुखतिर लिएर हिँड्यो ।

म पछ्याँउँदै फोटो खिच्दै हिँडे, काग धेरै खुसी, थोरै त्रासमा ठाउँ सर्दै भँगेराको भुत्ला उखेल्न थाल्छ । म उसको पछि–पछि लागेको देखेर ऊ उडेर प्रधानमन्त्री कार्यालयको छतमा जान्छ र फेरी भँगेराको पखेटा थुत्न थाल्छ, त्यसै बेला अर्को काग आएर खोस्न खोज्छ आफ्नो परिश्रमको फल आहारा लिएर नेपथ्यतिर लाग्छ । अजिङ्गरको आहारा दैवले पुर्याउँछ । टप्प टिप्यो, मिति पुग्यो टारेर टर्दैन त्यो तथास्तु ।



प्रतिक्रिया दिनुहोस्

Screenshot