डरकम रोग एक दुर्लभ समस्या हो । यसमा केही दुखाइ फैटी टिश्यु बन्न लाग्छ । यो समस्या सामान्यतया गर्दनको पछाडी, खुट्टाको माथीले भागमा बढि आउन सक्छ । यसको बिरामीको दुखाई गम्भिर खालको हुन्छ, जसको कारण आसपासको नशालाई दबाब बढ्छ । पुरुषको तुलनामा यो समस्याबाट वयस्क महिला बढी प्रभावित हुने गरेका छन् । यो समस्याबाट ग्रस्त व्यक्तिको तौल, डिप्रेशन, सुस्ती वा भ्रम जस्ता समस्या पनि देखिएका छन् । यसको खास कारण आज सम्म पत्ता लागेको छैन ।
लक्षण
यो समस्या भएका बिरामीको पुरै शरीरमा फैटी टिश्यु देखिनसक्छ । यसमा नशामा दबाब पर्ने हुनाले कमजोरी र धेरै दुखाइ हुन सक्छ । यो समस्या पटक पटक आउन आई शारीरीक गतिविधि गरेमा बढ्न पनि सक्छ ।
- मोटोपना
- कमजोरी
- मानसिक समस्या (डिप्रेशन, भ्रम )
- शरीरको पःेटी भागमा दुखाइ (जहाँ तीन महिना भन्दा बढी प्रभावित हुनु)
- थकान, सजिलैमा चोट लाग्नु, टाउको दुख्नु र आराम गर्दा पनि शरीरमा अड्कन महसुस हुनु
कारण
यो समस्याको हालसम्म डाक्टरले कारण पत्ता लगाएका छैनन् केही शोधकर्ताले आटोइम्युन समस्याको कारण भनेका छन् । यस अवस्थामा प्रतिरक्षा प्रणालीको गल्तिको कारण शरीरको टिश्यु भित्र आक्रमण गर्छ । कसैले मेटाबोलिज्म सम्बन्धि समस्या बताएका छन्, जसको सम्बन्ध राम्रोसँग वोसोलाई तोड्न नसक्नु कारण हो ।
उपचार
- सर्जरीः बढ्रदै गएको फैटी टिश्युलाई हटाउन सर्जरी गर्न सकिन्छ तर फेरी आउने सम्भावना भने रहन्छ ।
- औषधिः यसमा मुत्रबोधक वा पिसाव धेरै लाग्ने औषधिको प्रयोग गर्न सकिन्छ यसले सन्निनलाई क मगर्न सहयोग गर्छ । यो औषधिले शरीरमा भएको अतिरिक्त पानीलाई बाहिर ल्याउन मद्दत गर्छ ।
- लिपोसक्शनः यो प्रक्रियामा बढेको फैटी टिश्युलाई खीचेर निकाल्छ यसमा दुखाइ कम हुन्छ ।
- भावनात्मक सहयोगः यो समस्या हल गर्नलाई साथीहरु, परिवारको सदस्य, कोही मानसिक रोग विशेषज्ञसँग कुरा पनि गर्न सकिन्छ यस्तो गर्दा तपाइँलाई मद्दत हुन्छ ।