Logo

कसरी आयो कलियुग



राजा युधिष्ठिरले राजपाठ अभिमन्युको छोरा परिक्षितलाई सुम्पेर अन्य पाण्डव र द्रौपदीलाई लिएर महाप्रयाण गर्ने हेतुले हिमालय पर्वतमा गएका थिए । उहि दिन स्वयं धर्म आफैले गोरुको रुप लिएर सरस्वती नदीको किनारमा बसिरहेको पृथ्वी देवीलाई भेटे । पृथ्वीको आँखाबाट निरन्तर आँसु झरिरहेको थियो आँखाले आँसु थाम्दै थियो । पृथ्वीलाई दुखी देखेर धर्मले दुखी हुनाको कारण सोधे । धर्मले भने ‘मेरो एक खुट्टा देखेर तपाइँ रुदै हुनुहुन्न । अब तपाइँलाई दृष्टहरुको शक्तिहरुले शासन गर्नेछन् । ’

कलियुगले पृथ्वीमा कब्जा

यस सवालमा पृथ्वी देवी बोलिन् धर्म तिमी त सबैकुरा जानेका छौ, मेरो दुखको कारण सोध्नुको के फाइदा । सत्य, पवित्रता, क्षमा, दया, सन्तोष, त्याग, शास्त्र विचार, ज्ञान, वैराग्य, शौय, तेज, ऐश्वर्या, कान्ति, कौशल, स्वतन्त्रता, निर्भिकता, कोमलता, धैर्य, साहस, उत्साह, कीर्ती, आस्तिकता, स्थिरता, गौरव, अंहकारीनता आदी गुणको स्वामी भगवान श्रीकृष्ण स्वधाम जानाले कलियुगले म माथी बब्जा ग¥यो । पहिला भगवान श्रीकृष्णको चरण म माथी प¥थ्यो र जसको कारण म सौभाग्यशाली थिए । तर अहिले मेरो सौभाग्य समाप्त भएको छ ।

धर्म र पृथ्वी आपसमा कुरा गरीरहदा असर रुपि कलियुग त्यहाँ पुगे र गोरु र गाई धर्म र पृथ्वीलाई हान्न लागे । राजा परिीक्षतले यो दृश्य हेरिरहेका थिए उनी कलियुग प्रति क्रोधित हुँदै आफ्नो धनुषमा वाण राखी कलियुगलाई भने, ‘त दुष्ट पापी त को होस् यी निरीह गाई तथा गोरुलाई किन सताउछस्, त धेरै ठुलो अपराधी हो । त क्षमा दिन योग्य छैनस् तेरो मृत्यु निश्चित छ । ’

परीक्षितले कलियुगलाई चुनौती दिए

राजा परीक्षितले गोरु र गाईलाई धर्म र पृथ्वी देवीको पहिचान गरेपछि उनले भने, ‘वृषभ, तपाइँ धर्मको हृदयलाई राम्ररी जान्नुहुन्छ । तसर्थ तपाइँ कसैको बारेमा कुनै गलत नभई तपाइँलाई यातना दिनेको नाम उल्लेख गर्नुहुन्न । हे धर्म सत्ययुग तपाइँको तपस्या, शुद्धता, दया र सत्यता चार चरणहरु थिए । तीन चरणहरु त्रेतामा रहन्छन् केवल दुई द्धापरमा रहन्छन र खराब कलियुगको कारण तपाइँको लागि एउटा चरणमात्र बाँकी छ ।’ यो सुनेर पृथ्वी देवी पनि दुखि हुन्छिन् ।

कलियुगले माफी मागे

यो सुनेर राजा परीक्षितले आफ्नो तरवार निकाले र कलियुगलाई मार्न अघि बढे । राजाको क्रोध देखेर कलियुग काम्न थाल्यो, डरायो र आफ्नो बयान खोले राजाको पाउमा कलियुग घोप्टो प¥यो । आफ्नो शरणमा आएकाले मार्न उचित ठानेनन् र उसलाई भने, ‘कलियुग तिमी मेरो शरणमा आयौ, यसैले जीवनदान दिन्छु । तर अधर्म, पाप, झुठ, चोरी, कपट, दरिद्रता आदी अनेक उपद्रोका मुल कारण केवल तिमी हौ । अब मेरो राज्यबाट बाहिर जाउ र फेरी कहिल्यै नआउ ।’ यो सुनेर कलियुगले भन्यो, सारा पृथ्वी तपाइँको निवास हो, कुनै पनि स्थान नै छैन जहा तपाइँको राज्य नभएको त्यसैले मलाई बस्ने स्थान दिनुहोस् ।

सुनमा कलीलाई स्थान

कलियुगको कुरा सुनेर राजाले सोचेर भने, ‘झुठ, मद्यपान, परस्त्रीगमन र हिंसा यी चार ठाउँहरुमा असत्य, वस्तु, काम र क्रोध बस्न सक्नुहुन्छ । राजाको प्रस्ताव सुनेर कलियुगले भन्यो, हे राजन यी चार ठाउँ मेरो लागि अपर्याप्त छन् । अन्य कतै दिनुहोस् । यसको मागमा राजा परीक्षितले उनलाई सुनको रुपमा पाँचौ स्थान दिए । सुनको ठाउँ पाउने वित्तिकै कलियुग राजा परीक्षितको सुनौलो मुकुटमा बसे । आफ्नो स्थान सुरक्षित गरेर कलियुग टाढा गए र केही समयपछि अदृश्य रुपमा आएर राजाको सुनौलौ मुकुटमा बसे ।

मार्कण्डेय पुराणमा कलियुगमा शासकहरुले मनमानी ढंगले जनतालाई गर्नेछन् उनीहरुको इच्छाअनुसार कर लगाउने छन् शासकहरुबाट सुरक्षित हुनुको सट्टा डर फैलाउने छन् । आफैले ठुलो खतरा निम्ताउनेछन्, बसाइसराईको दर बढनेछ, धर्मलाई बेवास्ता गरीनेछ, लोभ, शक्ति, पैसा सबैको दिमागमा व्याप्त हुनेछ । मान्छे मारेमा कुनै पछुतो मान्नेछैनन् ।

संभोग जिन्दगीको सबैभन्दा जरुरी बन्नेछ । सजिलै मानिसहरु कसम खाएर तोड्नेछन्, दिएको वचनको कुनै अर्थ हुँदैन, मदिरा र नशामा फस्नेछन्, गुरुको सम्मान गर्न छोडीदिन्छन्, ब्राह्मण अज्ञानी हुनेछन्, क्षेत्रीहरुको साहस सकिनेछ, वैश्य आफ्नो व्यवसायमा इमान्दार हुँदैनन र पापले आफ्नो चरम सिमा पार गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्