Logo

लकडाउनको आज २०औं दिन, माईतीघर मण्डलादेखि भक्तपुर दरबार स्क्वायरसम्म नियाँल्दा जे देखियो (फोटोफिचर)



काठमाडौं, ३० चैत्र । आज लकडाउनको २०औं दिन हो । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले देशव्यापी रुपमा लकडाउन लगाएको हो । यो लकडाउन बैशाख ३ गतेसम्म कायम रहन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझै केही दिन लम्बिन सक्ने संकेत गरिसकेका छन् । हिजो सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले लकडाउन पालना गराउन सरकार निर्मम रुपमा प्रस्तुत हुनुपर्ने र लकडाउन अझै केही दिन लम्ब्याउने तयारी भैरहेको जनाएका थिए ।

लकडाउनको आज २०औं दिन काठमाडौंको माईतीघर मण्डलादेखि भक्तपुर दरबार स्क्वायरसम्म हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले २० औं दिनको लकडाउनलाई नियाँलेका छन्। हेरौं उनले कैद गरेका तस्विरहरु :



प्रतिक्रिया दिनुहोस्

Screenshot