Logo

महालक्ष्मी नगरपालिका र प्रहरी प्रभागहरुलाई पीपीई सहयोग



ललितपुर, ३० चैत्र । शेयर एण्ड केयर नेपालले हाम्रो युवा समाजको संयोजनमा महालक्ष्मी नगरपालिका र प्रहरी प्रभागहरुलाई कोरोना भाइरस रोकथामका लागि प्रयोग गरिने पीपीई किट सहयोग गरेको छ । आज शेयर एण्ड केयरका रमेश खड्काले पीपीई सहयोग हस्तान्तराण गरेका हुन् ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको पीपीई किट महालक्ष्मी नगरपालिकाको एम्बुलेन्सका लागि ४ थान, इमाडोल प्रहरी प्रभाग र लुभु प्रहरी प्रभागका लागि दुई दुई थान हस्तान्तरण गरिएको हो । खड्काले महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, इमाडोल प्रहरी प्रभागका प्रमुख इन्स्पेक्टर राजु कार्की र लुभ प्रहरी प्रभागका सई धिरेन्द्र थपलियालाई पीपीई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको संयोजन हाम्रो युवा समाजले गरेको थियो । नेपाली काँग्रेसका युवा नेता समेत रहेका समाजका विवेक कुमार कार्की र बिनोद केसी हन्तान्तरण कार्यक्रममा उपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस्