एजेन्सी, ३० चैत्र । अमेरिकालगायत विश्वका शक्तिशाली देशहरुको गतिविधिको गोप्य विवरणको पर्दाफास गर्ने विकिलिक्सका संस्थापक जुलियन आसाङ्ग अहिले बेलायतको जेलमा छन् । उनी बेलायतस्थित इक्वेडरको राजदूतावासमा शरण लिएको अवस्थामा गत वर्ष पक्राउ परेका थिए ।
अहिले बेलायतमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ । बेलायतको जेलमा हजारौं कैदीबन्दी संक्रमित भएका छन् । यसकारण आसाङ्गकी कानुनी सल्लाहकारको टिमकी एक सदस्यले सनसनीपूर्ण खुलासा गरिन् । दुनियाँका शक्तिशाली व्यक्तिहरुको सनसनीपूर्ण खुलासा गर्ने आसाङ्गले भने आफ्नो जीवनको महत्वपूर्ण विषय लुकाएका रहेछन् ।
आसाङ्ग इक्वेडर दूतावाससभित्र दुई छोराका बाबु बनेको खुलेको छ । उनका छोराहरु तीन र एक वर्षका छन् । दुई बच्चा उनको कानुनी सल्लाहकार टोलीकी सदस्य स्टेला मोरिसबाट जन्मिएको हो । स्टेलाले यसको खुलासा भिडियो सन्देशमार्फत् सार्वजनिक गरेकी हुन् । उनले विकिलिक्सका संस्थापकसँग सन् २०१५ देखि सम्बन्धमा रहेको समेत खुलाइन् ।
४८ वर्षीय अष्ट्रेलियन नागरिक आसाङ्ग अहिले बेलमर्स जेलमा छन् । जहाँ कोरोनाको खतरा छ । त्यसैले उनकी पाटर्नर मोरिसले तीन वर्षका ग्याब्रियल र एक वर्षका म्याक्ससँग आसाङ्गले भिडियो कलबाट कुरा गर्ने गरेको समेत खुलाइन् ।
आसाङ्गको ड्यानिलय आसाङ्ग नामको छोरा पनि छ । उनकी पूर्व पत्नीबाट जन्मिएका ड्यानियल सफ्टवेयर इन्जिनियर छन् ।
बेलायतमा कम खतरनाक कैदीहरुर्ला रिहा गर्ने तयारी भइरहँदा मोरिसले आसाङ्गको पनि रिहाईको उद्देश्यले पछिल्लो खुलासा गरेकी हुन् ।-Photo Source: Agency