Logo

सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा जोड दिदै प्रचण्डले दिए नयाँ वर्षको शुभकामना



काठमाडौं, ३० चैत्र । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा जोड दिएका छन् । उनले आम नेपालीले साँचेको सुखी नेपालीको सपना समेत पूरा हुने आशा व्यक्त गरेका छन् ।

‘इतिहासले सुम्पेको कठिन जिम्मेवारीसहित आगमन भएको नयाँ वर्षले महामारीको अन्त्यसँगै आम नेपालीले साँचेको सुखी नेपाली तथा सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना पुरा गर्न विशेष प्रेरणा देओस्,’ प्रचण्डले नयाँ वर्ष २०७७ को पूर्व सन्ध्यामा आज जारी विज्ञप्तिमा भनिएको छ । प्रचण्डले महामारीको अन्त्यसँगै सुख र समृद्धीको कामना समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot