Logo

तेल उत्पादन प्रतिदिन १ करोड ब्यारलले घटेसँगै मूल्य बढ्यो



एजेन्सी, १ वैशाख । विश्वभर तेलको मूल्य बढेको छ । कच्चा तेलको मूल्य २० डलर प्रति ब्यारलभन्दा माथि उक्लिएको छ ।

तेल उत्पादक देशहरु प्रति दिन १ करोड ब्यारलले उत्पादन घटाउने सहमतिमा पुगेर कार्यान्वयन गर्न थालेपछि मूल्य बढेको हो । योसँगै तेलको मूल्य किर्तिमान प्रति ब्यारल २० डलरभन्दा तल रहेकोमा उक्लिएको छ ।

अब कम्तिमा दुई महिनासम्म तेल उत्पादक देशहरुले उत्पादन अहिलेकै सहमति अनुसार कम गर्नेछन् । दुई वर्षसम्म कति उत्पादन गर्ने सहमति समेत भएको छ जुनसम्म १ करोड, डिसेम्बरसम्म ८० लाख र २०२१ को शुरु देखि २०२२ को अप्रिलसम्म ६० लाख ब्यारल प्रति दिनका दरले उत्पादन घटाउने सहमति गरेका हुन् ।

साउदी अरेबिया र रुसले उत्पादन निकै घटाउनेछन् । यसअघि रुस र साउदीबीचको तेल युद्धले विश्व बजारमा तेलको मूल्यमा गिरावट आएको थियो । कोरोना भाइरसको विश्व महामारीका कारण तेलको खपत कम भई माग घट्दा मूल्यमा समेत असर गरेको थियो ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्