एजेन्सी, १ वैशाख । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या १८ लाख नाघेको छ । मृतक संख्या १ लाख १४ हजार नाघेको छ । चार लाखभन्दा बढी मानिस निको भई घर फर्किएका छन् ।
पछिल्लो तथ्यांक अनुसार १८ लाख ५२ हजार ६ सय ५२ कोरोना भाइरसबाट संक्रमित भएका छन् । १ लाख १४ हजार २ सय ८ जनाको मृत्यु भएको छ । ४ लाख २३ हजार ४ सय जना निको भई घर फर्किएको तथ्यांक छ ।
सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । त्यसपछि युरोपेली देशहरु अगाडि छन् ।
नेपालमा कोरोना भाइरसको संक्रमित १२ जना रहेकोमा एक जना नीको भई घर फर्किइसकेका छन् ।
देश संक्रमित
अमेरिका ५६०४२५
स्पेन १६६८३१
इटाली १५६३६३
फ्रान्स १३२५९१
जर्मनी १२७८५४
बेलायत ८४२७९
चीन ८२१६०
इरान ७१६८६
टर्की ५६९५६
बेल्जियम २९६४७
नेदरल्यान्ड २५५८७
स्रोतः वोल्डोमिटर