काठमाडौं । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा कालोबजारी, नाफाखोरी र जम्माखोरीविरुद्ध प्रशासनले आक्रामक कारबाही थाल्ने भएको छ । महाविपत्तिको समयमा कालोबजारी बढ्न सक्ने भएकाले त्यसविरुद्धको अनुगमनलाई सशक्त बनाई कालोबजारी गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्ने गरी आवश्यक संयन्त्र तयार पारिएको छ ।
काठमाडौं उपत्यकाभित्र ग्यास आपूर्तिलाई सहज बनाउने तथा अन्य उपभोग्य वस्तुमा कालोबजारी हुन नदिन आवश्यक रणनीति तयार पार्न आइतबार बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० र प्रहरी प्रमुख सम्मिलित बैठकले वस्तुहरूको आपूर्तिलाई सहज बनाउन र कालोबजारी रोक्न तीनवटै जिल्लामा फोकल पर्सनहरू तोकेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको संयोजकत्वमा बसेको बैठकले ग्यास आपूर्ति सहज बनाउन उपभोक्ताको दैनिक माग, उपत्यकामा भित्रने ग्यासको परिमाणसमेतको आधारमा सञ्चित रहेको ग्यास आपूर्तिको परिमाणात्मक विवरण संकलन गरी आपूर्तिलाई नियमित र सहज बनाउने निर्णय गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले महाविपत्तिको समयमा कालोबजारी गर्ने जो सुकैमाथि पनि कठोर कारबाही गरिने चेतावनी दिएको आजको राजधानी दैनिकममा खवर छ ।