Logo

‘भ्रष्टाचारको साटो राहत देऊ’: राजेन्द्र महतो



काठमाडौँ, १ वैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले सरकारी कोषमा रहेका रकम भ्रष्टाचारको साटो जनतालाई राहत दिन आग्रह गरेका छन् ।  उनले भष्ट्रचारलाई नसाँचेर गरिव र न्युन आय भएकाहरुलाई बचाउँन राहतमा खर्च गर्न सरकारलाई सुझाव दिएका छन् ।

उनले लकडाउनका कारण देशभर धेरै जनतालाई खान बस्नको समस्या भइरहेको प्रति सरकारको ध्यान नगएको भन्दै वितरण भएको राहत पनि लक्षित वर्गमा नपुगेको गुनासो गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै महतोले कोरोना संक्रमण विश्व व्यापी महारोग भएकाले यसबाट बच्नका लागि अहिले राजनीतिक विवादमा लाग्न नहुने बताएका छन् ।

उनले अहिले कोरोनाविरुद्धको अभियानमा सवै एक भएका समयमा समेत सरकारले गरेका तयारीहरु सन्तोषजन नदेखिएको दावी गरेका छन् । संक्रमणको त्रास फैलिरहेको अवस्थामा समेत प्रधानमन्त्री केपी शर्मा ओली राजनीति विवाद र घोचपेचमै सिमित भएको भन्दै जनतालाई सुरक्षित राख्न नसक्नेले राजनीतिक विवाद गर्नुको अर्थ नहुँने महतोको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्