Logo

तीर्थयात्राबाट फर्किएकी बागलुङकी महिलामा कोरोना संक्रमण



काठमाडौं, १ वैशाख । बागलुङकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ। रयापिड टेस्ट गर्ने क्रममा ती महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले रयापिड टेस्ट गर्ने क्रममा बागलुङ काठेखोला गाउँपालिकाकी एक महिलामा कोरोनाको संक्रमण देखिएको जानकारी दिए।

यद्यपि, ती महिलाको स्वाव पुनःपरीक्षण गरेपछि मात्रै आधिकारिक प्रमाणित हुने उनले बताए । यसको पुनःपरीक्षणको लागि पोखरामा पठाउने तयारी भइरहेको जानकारी दिए ।

आइतबारको र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी महिलाको स्वाब आज ९सोमबार० पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पुनःपरीक्षणको लागि पठाइने बताए ।

प्रजिअ सैंजूका अनुसार हिजोदेखि सुरु भएको र्यापिड टेस्टमा कुल ५ सय ८५ जनाको टेस्ट गरिएको थियो। संक्रमित महिलाको परिवारलाई क्वारेन्टाइनमा राख्ने प्रयास पनि सुरु भइसकेको छ ।

संक्रमित महिला तीर्थयात्रामा भारत गएर फर्केकी थिइन्। यसअघि कोरोना संक्रमण पुष्टि भएका दुई जनाको बागलुङमै उपचार भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्