Logo

नयाँ वर्ष शुरु : विक्रम संवतको मौलिकता



काठमाडौँ, १ वैशाख । आजदेखि नेपाली नयाँ वर्ष २०७७ शुरु भएको छ । नेपालको मौलिक संवत् मानिने विक्रम संवतको आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन् । सरकारी कामकाजमा वि.सं. चलाउने नेपाल एक मात्र मुलुक हो । हरेक वैशाख सङ्क्रान्तिदेखि यो संवतको आरम्भ हुन्छ ।

यो संवतका आरम्भकर्ता विक्रामादित्य हुनुहुन्छ । ज्योतिष पं. दीपक सुवेदीले यो संवत् सूर्यको गतिका आधारमा तय भएकाले यसको विशेष वैज्ञानिकता पुष्टि भएको बताएका छन् । उनले आफ्नो पहिचान बोकेको संवत्लाई महत्व दिइनु नेपालका लागि गौरवको विषय भएको बताएका छन् । ज्यो सुवेदीले भने, “गणितीय हिषाबले यस वर्ष प्रारम्भ र भविष्यफलहरुले विश्वमा नै प्रभाव पार्दछ ।

सूर्यले ३६० डिग्री पूरा गरेर ० डिग्रीमा प्रवेश गरेका आधारमा यो संवत् शुरु हुन्छ । त्यसकारण यो संवत्बारे कुनै अन्योल पालिरहनु पर्दैन ।”
(रासस)



प्रतिक्रिया दिनुहोस्