Logo

२०७७ महाउथलपुथलकारी वर्ष हुनसक्छ : भट्टराई



काठमाडौं, १ बैशाख । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्ष २०७७ साल महाउथलपुथलकारी वर्ष हुनसक्ने टिप्पणी गरेका छन् । नयाँ वर्षको अवसरमा शुभकामना दिँदै भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले २०७६ साल नेपालमा शासकले करप्सन भाइरसको महामारी थोपरेको पनि आरोप लगाएका छन् । उनले भनेका छन्, त्यसमाथि हाम्रो देशका ‘कम्युनिस्ट’को खोल ओढेका आसेपासे पुँजीवादी शासकहरूले थप करप्सन भाइरसको महामारी हामीमाथि थोपरे१

उनले नेपाली इतिहासमा ७ अंक पछाडि जोडिएको बर्ष प्रायः उथलपुथलपूर्ण रहदै आएको उल्लेख गर्दै यो बर्ष त दुइवटा सात ७७ भएको बर्ष हुनाले महाउथलपुथलकारी बर्ष हुनसक्छ पनि टिप्पणी गरेका न् । उनले भने-“देश कोरोना भाइरस र करप्सन भाइरस मुक्त होस्१ सबैको भलो होस्१ हार्दिक शुभकामना!”

नेता भट्टराईले सामाजिक सञ्जाल फेशबुकमार्फत दिएको नयाँ वर्षको शुभकामना यस्तो छ :

फेरि एक पटक एउटा बर्ष ( वि सं २०७६ ) वितेर अर्को बर्ष ( २०७७ ) शुरू भएको छ! अर्थात् हाम्रो जीवनको ३६५ दिन वा ८,७६० घण्टा वा ५२५,६०० मिनेट वा ३१,५३६,००० सेकेण्ड सकिएको छ; हामी त्यति नै समयले मृत्यु नजिक हुँदैछौं! यो तपाईंहाम्रो इच्छानिरपेक्ष भैरहने प्रकृतिको नियम हो!

ब्रह्माण्डको एक मात्र चेतनशील प्राणी (अहिलेसम्म थाहा भए अनुसार ) हुनुको नाताले यो समय हामीले मानव र प्रकृतिको सर्वोत्तम हितमा लगाउन सक्छौं! तर गत बर्ष हामीले सामुहिक रूपमा र हाम्रा शासकहरूले विशिष्ट रूपमा गरेका गल्ती  र वदमाशीका कारणले हामीलाई प्रकृतिले हाम्रो जीवनकालको सबभन्दा ठूलो दण्डको रूपमा कोरोना भाइरसको महामारी दियो! त्यसमाथि हाम्रो देशका ‘कम्युनिस्ट’को खोल ओढेका आसेपासे पुँजीवादी शासकहरूले थप करप्सन भाइरसको महामारी हामीमाथि थोपरे!

नेपाली इतिहासमा ७ अंक पछाडि जोडिएको बर्ष प्राय: उथलपुथलपूर्ण रहदै आएको छ! यो बर्ष त दुइवटा सात ७७ भएको बर्ष हुनाले महाउथलपुथलकारी बर्ष हुनसक्छ! देश कोरोना भाइरस र करप्सन भाइरस मुक्त होस्! सबैको भलो होस्! हार्दिक शुभकामना! FILE PHOTO



प्रतिक्रिया दिनुहोस्