काठमाडौँ, १ बैशाख । मानवजाती २१ औँ शताब्दीमा प्रवेश गरेको छ । मानिस सुखभोगाी भएका छन् । कम समय खर्च गरी धेरै काम गर्न मानवलाई आदत परेको छ । मानिसको जीवन रफ्तारमा गइरहेको छ । मानिसले सजिलोपनका लागि आधुनीक उपकरणहरु प्रयोग गरिरेहेका छन् । प्रत्येक दिन मानिसले नयाँ आविष्कार गरेसंगै प्रयोगमा समेत ल्याउने गरेको छ । तर, मानिसको जीवन आधुनीकीकरण भएसंगै आविष्कार गरिएको नयाँ उपकरणहरुले मानिसको जीवनमा विभिन्न प्रकारको असर समेत पार्ने गरेको पाईएको छ ।
त्यसमध्ये वाईफाई पनि एक रहेको छ । इन्टरनेट प्रवाह गर्ने उपकरण मानिस जीवनमा दैनिकीजस्तै भएको छ । यसको महत्व अहिलेको युगमा निकै छ । तर, यसले निम्त्याउने खतरासँग भने थोरै मानिसहरु मात्रै सचेत रहेको पाईएको छ । वाईफाई प्रवाह गर्ने राउटरमा विद्युत चुम्बकीय विकिरण जडान भएको हुन्छ जसले इन्टरनेट प्रवाह गर्न मद्दत पुर्याउँदछ । यस विकिरणद्वारा सिर्जना भएकोे आवृत्तीले मानिसलाई प्रत्येक पल घेरिरहेको हुन्छ । जसले हाम्रो शरिरमा अत्यधिक असर पारिराखेको हुन्छ ।
ठूला-ठूला कम्पनीहरुले नाफा कमाउन हानी पुर्याउने विषय लुकाउने गर्दछ । यसको आवृत्तीले मानिसलाई कमजोर र शरिरमा घातक रोग समेत निम्त्याउने गर्दछ । लामो समयसम्म विकिरणको वरिपरि रहेमा यसले मस्तिष्कमा ट्यूमरका साथै विभिन्न प्रकारको रोग, सोच्ने शक्तिमा कमी आउने र डिपे्रसन समेत हुनसक्ने अनुसन्धानले पत्ता लगाएको छ । यसले मानिसलाई कमजोर बनाई सेक्स लाइफमा असर गर्ने र पुरुषको वीर्य गणना अर्थात् शुक्राणु गणनामा कमी ल्याउने गर्दछ । जसले बाँझोपनसमेत निम्त्याउँन सक्दछ । यसले माहिलाको गर्भाशयमासमेत असर गर्ने विषय उजागर भएको छ । यसका कारण नयाँ पुस्ताका बच्चा जन्मिदाँ बच्चा कमजोर हुने, अपाङ हुने, शरिर विकसित नहुने, दिमाग कमजोर हुने गर्दछ । गर्भवती अवस्थामा इन्टरनेटको प्रयोग नगर्न चिकित्सकहरुले बताउने गर्दछ ।
यी समस्याबाट कसरी बच्न सकिन्छ
हाम्रो शरिरमा विकिरणको प्रभावलाई कम गर्न राउटरलाई सकेसम्म तीन फूटको दूरीमा राख्न आवश्यक रहेको छ । लामो समयसम्म इन्टरनेटको प्रगोग गर्दा शरिरलाई थोरै हानी पुर्याउँदछ । इन्टरनेट प्रयोग नगरेको खण्डमा राउटरलाई बन्द गर्न आवश्यक रहेको छ । ल्यापटप प्रयोग गर्दा शरिरबाट टाढा राखेर जस्तै टेबल, मेचमा राखेर प्रयोग गर्दा विकरिणको प्रभाव शरिरमा थोरै मात्रामा जान्छ । शरिरबाट टाढा राखेर प्रयोग गर्दा शरिरको उत्तेजित हुने क्षमतालाई जीवीत राख्ने र वीर्य गणनामा समेत असर नपर्ने विज्ञहरु बताउँछन् ।
रातिको समयमा हाम्रो दिमाग अत्यधिक मात्रामा संवेदनशील हुने गर्दछ । शरिरको तरलतालाई सुकाउन सक्ने, सोच्ने क्षमतालाई असर पार्न सक्छ सो कारण सकेसम्म राती राउटरलाई बन्द गर्न आवश्यक रहेको देखिन्छ । मानिस लागुऔषधको लतमा फसे भन्दापनि घातक रहेको छ । यसले मानिसलाई आफ्नो अधिनमा राख्न सक्षम रहेको छ । त्यसैले बच्चाहरुलाई यसको उपयोगबारे जानकारी र चाहिने मात्रामा प्रयोग गर्न सिकाउन आवश्यक रहेको देखिन्छ । अभिभावकहरुलाई आफुनो बच्चालाई यसको विषयमा सम्पूर्ण जानकारी प्रदान गर्न आवश्यक देखिन्छ ।