Logo

नयाँ वर्ष-२०७७ को शुभारम्भ, काठमाडौं उपत्यकाका मठमन्दिर लकडाउनका कारण सुनसान (फोटोफिचर)



काठमाडौं, १ बैशाख । आजबाट २०७७ साल सुरु भएको छ । नयाँ वर्षको शुभाराम्भसँगै एक आपसमा शुभकामना आदानप्रदान गरेर मनाईँदैछ । तर, यो वर्षको नयाँ वर्ष भने लकडाउनको कारण घरमै बसेर मनाउनुपर्ने अवस्था छ । कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि सरकारले यही बैशाख ३ गतेसम्म लकडाउन लगाएको छ ।

यसअघि नयाँ वर्ष शुभारम्भको दिन विभिन्न देवस्थल, मठमन्दिर, तीर्थस्थलहरुमा पूजा अर्चना गर्दै दीर्घजीवन, काममा प्रगति, धनधान्य, सुशान्तिको शुभ आशिर्वाद माग्नेहरुको भिड (घुँईचो) देखिन्थ्यो । तर, लकडाउनले काठमाडौं उपत्यकामा रहेका भगवानका मन्दिरहरु भद्रकाली, सङ्कटा, पशुपति, बुढानिलकण्ठ, महाङ्काल, कृष्णमन्दिर, बौद्धनाथ, भक्तपुर दरबारस्क्वायर आदी लकडाउनमा परी सुनसान देखिएका छन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले विभिन्न मठमन्दिरमा पुगी तस्विर कैद गरेका छन् ।

हेरौं तस्विर :

 



प्रतिक्रिया दिनुहोस्