काठमाडौं, १ बैशाख । आजबाट नयाँ वर्ष २०७७ को शभारम्भ भएको छ । नयाँ वर्षको बैशाख १ गतेको पहिलो उदाउँदो सूर्योदयलाई हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले कैद गरेका छन् । नेपालको मौलिक संवत् मानिने विक्रम संवत्को आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन् । सरकारी कामकाजमा विसं। चलाउने नेपाल एक मात्र मुलुक हो । हरेक वैशाख सङ्क्रान्तिदेखि यो संवत्को आरम्भ हुन्छ । यो संवत्का आरम्भकर्ता विक्रामादित्य हुन् ।
ज्योतिष पं. दीपक सुवेदीले यो संवत् सूर्यको गतिका आधारमा तय भएकाले यसको विशेष वैज्ञानिकता पुष्टि भइकेकाले बताए। उनले आफ्नो पहिचान बोकेको संवत्लाई महत्व दिइनु नेपालका लागि गौरवको विषय भएको बताए। ज्यो सुवेदीले भने,“गणितीय हिषाबले यस वर्ष प्रारम्भ र भविष्यफलहरुले विश्वमा नै प्रभाव पार्दछ । सूर्यले ३६० डिग्री पूरा गरेर ० डिग्रीमा प्रवेश गरेका आधारमा यो संवत् शुरु हुन्छ । त्यसकारण यो संवत्बारे कुनै अन्योल पालिरहनु पर्दैन ।”
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम