Logo

नयाँ वर्षको शुभकामना दिदै लकडाउनको पालना गर्न अध्यक्ष थापाको आग्रह



काठमाडौँ १ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कोभिड–१९ लाई पराजित गरी मानवजातिको सर्वोच्चता र श्रेष्ठता स्थापित गर्न नयाँ वर्ष सफल हुने विश्वास व्यक्त गरेका छन् । उनले सुशासन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने जनताको उत्कट चाहनालाई नयाँ वर्षले सम्बोधन गर्न सकोस् भन्दै सम्पूर्ण नागरिकको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

उनले भने, “लकडाउनको कठोर पालनाबाट मात्र कोभिडको प्रकोपलाई पराजित गर्न सक्दछौँ । यो यथार्थलाई आत्मसात् गर्न म सबैमा अपिल गर्दछु ।” File Photo



प्रतिक्रिया दिनुहोस्