एजेन्सी, १ वैशाख । भारतमा उद्दोग तथा व्यवसाय क्षेत्रका बिग हाउस देखि सामाजिक संस्थाहरुले कोभिड १९ विरुद्धको लडाईंमा अरबौंको सहयोग दिन थालेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोगको आव्हान गरेलगत्तै बिग हाउसहरुबीच सहयोगको प्रतिष्पर्धा नै चलेको छ । उनीहरुले पीएम केयर्स फन्ड वा अन्य क्षेत्रमा सहयोग गर्न थालेका छन् ।
अहिलेसम्म सबैभन्दा ठूलो सहयोग टाटा ट्रष्ट र टाटा ग्रुपले गरेको छ । टाटाले १५ अर्ब भारतीय रुपैयाँको सहयोग गरेको छ । टाटा ग्रुप भारतको सबैभन्दा बढी रोजगार सृजना गर्ने मध्ये पर्दछ ।
विप्रो लिपिटेड, विप्रो इन्रप्राइजेज र अजिम प्रेमजी फाउन्डेशनले संयुक्त रुपमा भारु ११ अर्ब २५ करोड सहयोग गरको छ ।
पेटिएमले ५ अर्ब सयोग पिएम केयर्स फन्डलाई दिएको छ । उसले भारतीय सेनाका अलावा अन्य सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि ४ लाख मास्क र १० लाख स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
रिलायन्स फाउन्डेसनले ५ अर्ब १० करोड भारु सहयोग गरेको छ । उसले पिएम केयर्स फन्ड, महाराष्ट्र र गुजरात रिलिफ फन्डमा सहयोग गरेको जनाएको छ ।
तेल कम्पनिको सार्वजनिक क्षेत्रले १० अर्ब भारु पिएम केयर्स फन्डलाई दिएको छ ।
आइटीसीले डेढ अर्ब सहयोग गरेको छ । अडानी फाउन्डेशनले १ अर्ब भारु पिएम केयर्स फन्डलाई दिएको छ ।
जेएसडब्लु र वेदान्तले १-१ अर्ब भारु सहयोग गरेका छन् ।
बलिउड नायक अक्षय कुमारले कलाकारमध्येबाट सर्वाधिक २५ करोड सहयोग गरेका छन् । उनले पिएम केयर्स फन्डमा रकम दिएका छन् ।
गुगलका प्रमुख सुन्दर पिछाईले ५ करोड भारु सहयोग गरेका छन् ।