Logo

कम्मरमा दुखाइ (पिठमा दुखाइ) र लक्षण



कम्मरमा दुखाइ धेरै सामान्य हो । यो हप्ता वा महिना दिनमा बढ्दै जान्छ । कम्मरको दुखाइमा सामान्यतया पीठमा दुखाइ बढी अकडन महसुस हुन्छ । यद्यपि कम्मरमा कष्टकर हुनुको साथै असहज हुन्छ । तर गम्भीर चाही हुँदैन । धेरै कारणले कम्मर दुखाइ हुनसक्छ, अचानक कोही लडेमा, चोट लागेमा । दुखाइ सामानय रुपमा हट्टी, नशा, मांसपेशी र स्रायुबंन्धन मिलेर गर्ने गतिविधिमा निर्भर गर्दछ ।

३५ देखि ५५ वर्षको बीचका मानिसहरुमा यो मुख्य रुपमा समस्या हुन्छ । धेरै मानिसको जीवनमा यसको अनुभव भएकै हुन्छ । कम्मरमा दुखाइ भएमा विस्तारै विस्तारै काम गरीरहनु राम्रो हुन्छ । आफ्नो गतिविधी कम गर्नु हुँदैन । दुखाइ भएको बेलामा कम्म्रलाई आराम दिन हुँदैन हिडी राख्नुपर्छ ।

लक्षण

  • तौल घट्नु
  • शरीरको तापमान बढ्नु
  • कम्मर सुन्निनु
  • कम्मरमा लगातार दुखाइ
  • दुखाइ कम्मरबाट खुट्टासम्म हुन
  • तत्काल कम्मरमा लागेको चोट, झट्का वा आघात
  • निरन्तर पिसाब हुनु
  • पिसाब गर्न कठिनाई हुने
  • दिशामा समस्या
  • जाँघ वरपर सुन्निने
  • गुद्धार वरपर सुन्निने
  • नितम्बको वरपर सुन्निने



प्रतिक्रिया दिनुहोस्