काठमाडौं, १ बैशाख । काठमाडौंको लैनचारमा अवस्थित् होटल मल्लमा सञ्चालित बेलिज क्यासिनो नेपालले लकडाउनको मारमा परेका दुई सय विपन्न परिवारलाई खाद्यान्न सामग्री प्रदान गरेको छ । आज सोमबार क्यासिनो कार्यालयमा काठमाडौं महानगरका वडा नम्बर २६ का विपन्न परिवारलाई राहत सामग्रीस्वरुप खाद्यान्न प्रदान गरेको हो ।
विपन्न परिवारलाई वितरण गरिएको खाद्यान्नमा साँढे १२ केजी चामल, एक केजी दाल, एक लिटर खाने तेल र एक केजी नून रहेको छ । राहत वितरण कार्यक्रममा कामनपा २६ नम्बर वडाका अध्यक्ष खेमराज तिवारी, क्यासिनो संचालक ज्ञानेन्द्र श्रेष्ठ, एच.आर. प्रबन्धक मिलन राईलगायत सुरक्षा अधिकारीको उपस्थितिमा २६ नम्बर वडामा बसोबास गर्ने वडाका २०० भन्दा बढी श्रमजिवीहरुलाई राहत बितरण गरिएको छ ।
लकडाउनमा बन्द भएको बेलिज क्यासिनो नेपालले कर्मचारीको सेवा सुविधा रोकेन