Logo

भारतमा कोरोना संक्रमित १० हजार पुग्दै गर्दा भोलि मोदीको सम्बोधन हुने



एजेन्सी, १ वैशाख । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १० हजार पुग्न लागेको छ । त्यहाँ संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय कटेको छ ।

पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या ९ हजार ६ सय ३५ छ । मृत्यु हुनेको संख्या ३ सय ३१ छ । भारतमा संक्रमितको संख्या आज ४ सयभन्दा बढीले वृद्धि भएको छ ।

संक्रमण फैलिने क्रम बढेपछि त्यहाँ लकडाउन लम्ब्याउने तयारी भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि विहान १० बजे आफ्ना देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले सम्बोधनका क्रममा लकडाउनको अवधि लम्ब्याउने विशेष घोषणा गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्