Logo

परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ  विदेश मन्त्री यीबीच के भयो छलफल ?



वैशाख १, काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ  विदेश मन्त्री वाङ यीबीच कोरोना भाइरसले उत्पन्न गरेको परिस्थितिका बारे टेलिफोन वार्ता भएको छ।

वार्तामा ज्ञवालीले भाइरसबाट प्रभावित राष्ट्रहरुलाई चीनले गरेको सहयोगको प्रशंसा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीन सरकारका साथै अन्य संस्थाले सहयोग स्वरुप नेपाललाई स्वास्थ्य उपकरण प्रदान गरेकोमा उनले यीलाई धन्यवाद व्यक्त गरेका थिए।

ज्ञवालीले वुहानबाट नेपाली विद्यार्थीको उद्धार गर्न चीन सरकारले सहयोग गरेको र हाल चीनमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिएको भन्दै चीन सरकारको प्रशंसा गरे ।

विदेशमन्त्री यीले भने भाइरस नियन्त्रणका लागि नेपाल सरकारले चालेका कदमहरु उचित रहेको बताएका थिए । उनले नेपाललाई आवश्यक सबै सहयोग गर्ने बताएका थिए।

त्यसैगरि वार्तामा कोरोना भाइरसको त्रासबीच सीमा नाका खोल्ने विषयका साथै  द्वीपक्षीय हितका सबन्धमा पनि छलफल भएको छ।



प्रतिक्रिया दिनुहोस्