Logo

सन सिटी अपार्टमेन्ट प्रहरीद्वारा ‘सिल’, आशंकितको स्वास्थ्य सामान्य



काठमाडौँ, २ वैशाख । कागेश्वरी मनोहरा नगरपालिकाको–१३ काँडाघारीस्थित सन सिटी अपार्टमेन्ट प्रहरीले ‘सिल’ गरेको छ । सिल अवधिसम्म अपार्डमेण्टमा बस्नेहरू आफूखुशी बहिर निष्कने पाउने छैनन्।

सन सिटी अपार्टमेण्टको एबी ब्लकको १५ तलामा बस्ने एकै परिवारका आमा, छोरा र बुहारीको ‘¥यापिड डाइग्नोस्टिक टेस्ट’ गर्दा कोरोना संक्रमणको आशंका देखिएपछि प्रहरीले पुरै अपार्टमेण्ट नियन्त्रणमा राखेको छ ।

शंकास्पद ब्यक्तिहरूलाई आवश्यक परीक्षण तथा उपचारका लागि ललितपुरस्थित पाटन अस्पताल भर्ना गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले अपार्टमेण्टमा आवतजावत पूर्णरुपमा रोक लगाइएको बताएका छन् । सन सिटी अपार्टमेण्टमा ए–बी, जे, एच र आई गरी अपार्टब्लकहरू छन् ।

संक्रमणको आशंका गरिएकाहरु एक महिनाअघि चैत ५ गते बेलायतको राजधानी लण्डनबाट नेपाल फर्किएका हुन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्