Logo

कोरोना संक्रमितको संख्या बढ्नसक्छ, प्रविधि नभित्राए समस्या जटिल- डा. सागर राजभण्डारी



काठमाडौँ, २ वैशाख। सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले कोरोनाको संक्रमणका लक्षण धेरैमा नदेखिने भएकाले परिक्षणको प्रभावकारीतामा सरकारले विशेष ध्यान दिन आवस्यक भएको बताएका छन्। सामान्य लक्षण नै नदेखिएका ८० प्रतिशत मानिसमा सक्रमण भेटिन सक्ने भएकाले परिक्षणलाई बढाउन आवस्यक रहेको उनको भनाई छ ।

ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै डा.राजभण्डारीले अहिले परिक्षणका विभिन्न विधिहरु विकसित भइसकेका र यस्ता प्रविधिलाई सरकारले चाडो नभित्राए समस्या बढेर जाने बताए । सुरुमै विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेर परिक्षण गर्न नसक्दा समस्या बढेको दावी गरे ।

सुरुमा चिकित्सकहरुको सुझावलाई सरकारले नटेरेको र लकडाउन गर्न पनि ढिला भएको भन्दै उपत्यकामा सोमबार भेटिएका व्यक्ति बेलायतबाट आएका र उनिहरुको आजको परिक्षणबाट मात्रै अपार्टमेन्टमा रहेका अरुको अवस्था थाहा हुने उनको भनाइ छ । राजभण्डारीले सरकारले औषधी ल्याउने काम गर्न नसक्दा अझै पनि धेरै टेष्टहरुका प्रविधिहरु आउन नसकेको र काठमाडाँैमा पनि यस्ता संक्रमितको संख्या बढ्न सक्ने बताए ।

उनले भने,‘परिक्षणको दायरा बढाउन अझै आवस्यक छ । ११ हजारमा १४ जना देखिएका छन् । सवै क्षेत्रमा पुर्याउ । हामी सवैले सर्तक हुनुपर्यो । सरकारले भनेको स्वास्थ्यकर्मीले भनेको नमान्ने काम भएकाले समस्या थपिन सक्छन् । सवैको सहयोग हुनुपर्छ । सनसिटि अपार्टमेन्टका सवैको टष्क्ष्ट हुन्छ । ८० प्रतिशतमा लक्षण विनै देखिने भएकाले समस्याको एसिकन गर्न सकिदैन ।’



प्रतिक्रिया दिनुहोस्