Logo

‘मेरो प्रधानमन्त्रीसंग ठाकठुक छैन र सरकारको नेतृत्व पनि परिवर्तन हुँदैन’



काठमाडौँ, २ बैशाख । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु र प्रधानमन्त्री केपी शर्मा ओलीकाबीच कुनै विवाद नरहेको भन्दै अहिले सरकारको नेतृत्व परिवर्तन हुने कुरा पनि मनोगत मात्र भएको बताएका छन् । उनले आफुले उठाएका केहि कुरामा प्रधानमन्त्री ओलीको असहमति रहेपनि अहिलेको अवस्थामा यस्ता विवादमाथि आफ्नो ध्यान नगएको दावी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै अध्यक्ष प्रचण्डले अहिलेको संकट राष्ट्रिय एकताले मात्रै टार्न सक्ने भएकाले सवैसंग सहमतिको विकास गर्नु आवस्यक रहेको र आफु जहिले पनि एकताको पक्षमा रहेको बताएका छन् । उनले सहमति र सहकार्यबाटै विगतमा ठूला लडाई जितिएको, महाभुकम्प र बाडीपहिरो जस्ता विपदको सामाना गरिएको भन्दै राष्ट्रिय सहमतिकै आधारमा नेपालमा गणतन्त्र सम्भव भएको उल्लेख गरेका छन् ।

अध्यक्ष प्रचण्डले भन्नुभयो,‘मैले राष्ट्रिय सहमति कायम गरौँ भन्ने विषयमा मेरो प्रधानमन्त्रीसंग कुनै विवाद छैन । यो समयमा म र प्रधानमन्त्रीकावीचमा केहि असमती भएपनि अहिले म त्यो विषयलाई उठाउन चाहान्न । सवै मिलेर जानुपर्छ भन्ने मेरा अडान कायम रहन्छ’ । उनले अहिले देश महासंकटमा रहेको र संकटका बेला असहमतिका विषयमा धेरै समिक्षा गरिरहन समय नभएको भन्दै नेकपा नेतृत्वमा सरकार रहेको र गल्ती भएका छन् भने सच्उनुपर्ने बताएका छन् । (रेडियो एनआरएनडटकमबाट)



प्रतिक्रिया दिनुहोस्