Logo

भारतमा १९ दिन लकडाउन लम्बिएपछि नेपालमा कति दिन लकडाउन लम्बिएला ?



काठमाडौं, २ वैशाख । भारतमा १९ दिन लकडाउन लम्बिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिने लकडाउन सकिनै लाग्दा आज विशेष सम्बोधन गरी १५ अप्रिल देखि ३ मे सम्म लकडाउन लब्याएको घोषणा गरेका हुन् ।

भारतमा लकडाउनको दोस्रो चरणको घोषणा हुँदा नेपालमा भोलि लकडाउनको दोस्रो चरण सकिदैछ । त्यस अगावै आज मन्त्रिपरिषद बैठक बसी लकडाउन लम्ब्याउने निर्णय हुने बुझिएको छ ।

लकडाउन कति दिन लम्बिने निश्चित नभएपछि संक्रमित बढेकाले कम्तिमा १५ दिन लम्ब्याउने गरी तयारी गरिएको विश्वस्त स्रोतले जानकारी दिएको छ । नेपालसँग झण्डै १९ सय किलोमिटर सीमा जोडिएको र विना भीसा आवतजावत गर्न सकिने व्यवस्था भएकाले सीमाबाट छिर्नसक्ने सम्भावनालाई दृष्टिगत गरी कडाई गरिएको छ ।

भारतसँग समन्वय गरी कोरोना भाइरसविरुद्ध लड्ने सहमति अनुसार भारतको लकडाउनलाई दृष्टिगत गरी नेपाले पनि लकडाउन लम्ब्याउने बुझिएको छ । यसकारण पनि सरकारले वैशाखको तेस्रो सातासम्म लकडाउन गर्ने निश्चितप्रायः भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्