Logo

ज्योतिषीको दाबी : देउवाको ग्रह नै अस्त भैसके, अब प्रधानमन्त्री बन्दैनन् (भिडियोसहित)



काठमाडौं, २ बैशाख । ज्योतिष पण्डित गोपाल कोइरालाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने योग गत असारसम्म मात्रै रहेको भएपनि अब नरहेको कोइरालाले जिकिर गरेका छन् । उनले भने,”देउवा प्रधानमन्त्री बन्ने योग अब छैन् । अस्ति असार, साउनसम्म असाध्यै राम्रो योग थियो । बुद्धि पुर्याएको भए थियो । अब उनलाई टपेर प्रचण्ड आईसके त, अब के भन्ने मैले ? उनको ग्रह नै अब अस्त भैसकेको छ । कसरी हुँदा रैछन् ?”

सोमबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ज्योतिषी कोइरालाले यस्तो बताएका हुन्। बरु, उनले अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने योग रहेको सुनाए । कोइरालाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको ५ वर्ष नै प्रधानमन्त्री बन्ने योग रहेको भएपनि उनका सल्लाहकार ठीक नभएको कारण ५ वर्ष चलाउन नपाउने दाबी गरे । उनले भने,”प्रचण्डको योग राम्रो भएर आएको छ । सरकार त परिवर्तन भएरै छाड्छ ।”



प्रतिक्रिया दिनुहोस्