Logo

मन्त्रिपरिषद बैठक सुरु, लकडाउन थप्नेबारे छलफल



काठमाडौं, २ बैशाख । मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै मन्त्रिपरिषद बैठक सुरु भएको हो । आजको मन्त्रिपरिषद बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले चालेका कदम र कार्यक्रमको बारेमा समिक्षा हुने बुझिएको छ । त्यस्तै, यसअघि भोलिसम्म कायम गरिएको लकडाउनको समयावधि थप्नेबारेपनि आजको मन्त्रिपरिषद बैठकमा छलफल हुने बुझिएको छ ।

भारतमा १९ दिन लकडाउन लम्बिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिने लकडाउन सकिनै लाग्दा आज विशेष सम्बोधन गरी १५ अप्रिल देखि ३ मे सम्म लकडाउन लब्याएको घोषणा गरेका हुन् । भारतमा लकडाउनको दोस्रो चरणको घोषणा हुँदा नेपालमा भोलि लकडाउनको दोस्रो चरण सकिदैछ । आज मन्त्रिपरिषद बैठकमा लकडाउन लम्ब्याउने निर्णय हुने बुझिएको छ । file Photo



प्रतिक्रिया दिनुहोस्