Logo

निर्देशन अटेर गर्ने वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले काट्याे अर्को पत्र



काठमाडौं, २ वैशाख । नेपाल राष्ट्र बैंकले संघिय सरकार, प्रदेश सरकार र विभिन्न स्थानिय तहका विभिन्न समूहका सरकारी खाताहरु अद्यावधिक गर्न निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको सरकारी कारोबार निर्देशिका, २०७६ बमोजिम उक्त सरकारी खाताहरुलाइ अद्यावधिक गर्न निर्देशन दिएको हो।

राष्ट्र बैंकले यसअघि २०७६ पुष २७ गते नै सरकारी खाता अद्यावधिक गर्न परिपत्र गरेपनि वाणिज्य बैंकहरुले हालसम्म पनि उक्त सरकारी खाताहरु अद्यावधिक गरी कार्यन्वयन नगरेकाले १० कार्य दिनभित्र सम्पूर्ण सरकारी खाताहरुलाई अद्यावधिक गरी सम्बन्धित सरकारी कार्यलय, महालेखा नियन्त्रक कार्यलय र राष्ट्र बैंकको सरकारी लेखा फाँट विभागमा जानकारी गराउन निर्देशन दिएको छ।

महालेखा नियन्त्रक कार्यलयले राष्ट्र बैंकको सरकारी लेखा फाँँट विभागलाई गत चैत २७ गते उक्त निर्देशिका अनुसार खाता सञ्चालन भए नभएको अनुगमन गर्न निर्देशन दिएको थियो।  सोहि निर्देशन अनुसार विभागले क बर्गका वाणिज्य बैंकहरुलाइ सरकारी खाता अद्यावधिक गर्न ताकेता गरेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot