Logo

थोमसको क्यापिटल पुस्तक पढ्दै प्रचण्ड



काठमाडौं, २ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लकडाउनको बखत पुस्तक अध्ययन गर्न थालेका छन् । उनले पछिल्लो समय क्यापिटल पुस्तक पढिरहेका छन् ।

ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनमा उनले थोमसद्धारा लिखित क्यापिटल पढिरहेको खुलाए । उनले अहिले आफ्नो समय अध्ययनमा पनि खर्च भइरहेको सुनाए । उनले भने,“दिउँसो चाहीँ म पढ्छु । खासगरी अहिले यो विश्व व्यवस्थासम्बन्धी, अहिलेसम्म पुँजीवादले विकास गरेको विश्व व्यवस्थाले के ल्यायो ? के भयो ? भन्नेबारेका किताबहरु मैले पढ्छु । थोमसले लेखेको क्यापिटल भन्ने पुस्तक पढेको छु ।”
उनले थोमसको क्यापिटल पुस्तक धेरै महत्वपूर्ण रहेको बताए । अहिले त्यसमा आफ्नो ध्यान गएको बताए ।

प्रचण्डले अर्को एउटा फ्युचर ईज एसियन भन्ने पराग खन्नाको पुस्तक पनि पढिरहेको सुनाए । उनले भने, ”दिउँसो दुई तीन घण्टा पढ्ने, लेख्ने गरेको छु । बेलुका फेरि हाम्रो घुम्न निस्किने हुन्छ । फेरि एक्सरसाईज । विहान ब्रेकफाष्टपछि आवश्यक हेरेर नेताहरुसँग फोनमा कुरा गर्ने गरेको छु । प्रधानमन्त्रीले बोलाउनुभयो भने भेट्न जाने गर्छु ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot