Logo

कोरोना संक्रमितको संख्या थपिएपछि काठमाडौंको सुरक्षा व्यवस्था थप कडा, आज यस्तो देखियो (फोटोफिचर)



काठमाडौं, २ बैशाख । सरकारले यही बैशाख १५ गतेसम्म लकडाउन लम्ब्याएको छ । कोरोना भाईरस ९कोभिड १९० संङ्क्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि सरकारले उच्च सतर्कता अपनाएको हो । यो सँगै काठमाडौंको सुरक्षामा थप कडाई गरिएको छ । आज लकडाउनको २२औं दिन हो । तर, अत्यावश्यक स्वास्थ्य, खाद्य, पानी, राहत वितरणका गाडिहरु गुड्न दिईरहेको छ ।

प्रहरीले सबैलाई कडाईका साथ चेकजाँच गरिरहेको छ । साधारण परिचय पत्रले नहुने । पत्रकारहरुलाई पनि सूचना विभागको पास अनिवार्य हुनुपर्ने भनिएको छ । आजबाट पहेँलो ज्याकेट लगाएर पैदल, मोटरसाईकल र गाडिमा हिँड्ने पत्रकारहरुलाई चेक–जाँच सुरु गरिएको छ । आज मात्रै हजारौं मोटरसाईल, गाडिहरु तीन–तीन घण्टा होल्डमा रािखएका छन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले आज लकडाउनको २२औं दिन काठमाडौंको अवस्थाबारे नियाँलेका छन् । हेरौं तस्विरमा :

 



प्रतिक्रिया दिनुहोस्