Logo

वेदको महत्व



वेदको धर्ममा धेरै प्रतिष्ठा छ । कुनै विद्धानले गरेको निर्णय वेद विरुद्ध भएमा उसले सिर झुकाउनु हुन्छ । हाम्रो समुदायका दाजुभाईहरु ईश्वर नमान्ने तर आस्तिक चाही हो भन्छन्, यसमा वेदले प्रमाणलाई अस्वीकार गर्दै नास्तिकको पदवी दिन्छ । यसकारण वेदको महत्व हिन्दु धर्ममा सबैभन्दा धेरै हुन्छ । शतपथ ब्राह्मणले स्पष्ट रुपमा लेखेका छन् धनले भरीएको पृथ्वीमा दान गर्दा जति पुण्य मिल्छ, तीन वेदको अध्ययन गर्नाले त्यो भन्दा बढी पुण्य मिल्छ ।

मनु भगवानले वेदलाई बुझेको विद्धानको प्रंशसा गर्दै भनेका छन्, “वेद शास्त्र तत्व बुझ्ने व्यक्ति कुनै पनि आश्रममा बसे, उक्त व्यक्ति लोकमा बसेपनि ब्रह्मासँग साक्षात्कार गर्नेछन् ।”

धर्मको वास्तविक स्वरुप ज्ञान प्राप्त गर्न चाहानेले वेदको अनुशिलन गर्नु आवश्यक हुन्छ । मनुले वेदको अध्ययन नगर्नै ब्राह्मणको आलोचना गरेका छन्, उनले भनेका छन्, जो ब्राह्मण वेदको अध्ययन बिना शास्त्र पढ्ने मा परिश्रम गर्दछ उसले आफ्नो वंश सहित शुद्रमा जानेछ । आफुले लिएको ज्ञान तब सार्थक हुन्छ जब गुरुले दिक्षा लिएर वेदको अध्ययन गरे ।

यसैले भनिएको छ वेद अनुशिलन प्रत्येक हिन्दुको कर्तव्य हो किनकी यस बिना आफ्नो धर्म संस्कृतिको असली तत्व जानकारी प्राप्त गर्न सक्दैन । (धार्मिक ग्रन्थको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्