Logo

चीनले कोरोना भाइरस विरुद्धको दुई भ्याक्सिनको मानव परीक्षण गर्ने



एजेन्सी, २ वैशाख । चीनले कोरोना भाइरस विरुद्धको दुई छुट्टाछुट्टै भ्याक्सिनको मानव परीक्षण गर्ने भएको छ । चीन सरकार अन्र्तगतको दुई औषधी कम्पनिले मानव परीक्षण गर्ने भएको हो ।

बेइजिङ केन्द्रित सिनोभिक बायोटेक र वुआन इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट्सले भ्याक्सिनको मानव परीक्षणको चीन सरकारबाट अनुमति पाएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चिनियाँ नेस्नल हेल्थ कमिसनले अनुमति दिएको उल्लेख छ ।

यसअघि चीनले सैनिक एकेडेमीसँग सम्बन्धित एकेडेमी अफ मिलिटरी मेडिकल साइन्स र बोयोटेक फार्म क्यान सिनो बायोलाई भ्याक्सिन विकासकाले मानव परीक्षणको अनुमति दिएको थियो । भ्याक्सिनको मानव परीक्षणको दोस्रो चरण शुरु भइसकेको छ । पहिलो चरणको मानव परीक्षणमा पाँच सयभन्दा बढी स्वयंसेवकले नाम दर्ता गरिसकेको उल्लेख छ ।

यसअघि अमेरिकाको औषधी कम्पनि मोडर्नाले भ्याक्सिनको मानव परीक्षण शुरु गरिसकेको छ । रुस, भारत र अष्ट्रेलियाले भ्याक्सिनको विकास गरिरहेको खुलासा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्