Logo

के हो पागलपन



पागलपन रोग एक प्रकारको रोग हो । यो केहि कारणले हुनसक्छ । यो रोग प्राय एक्कासी नभएर विस्तारै विस्तारै हुने गर्छ । भोक नलाग्ने, कब्जियत, मुखमा दुर्गन्ध आउने, कुनै काममा मन नलाग्ने तथा शरीर टुट्ने जस्ता लक्षण महिनौ अघिबाट देखिन्छ । तत्पश्चात मानसिक भावनामा उथुलपुथुल हुन्छ जसको कारण रोगी कहिले रुने, कहिले हाँस्ने, कहिले दुखी हुने र कहिले प्रलाप गर्छन् ।

कपाल र कपडा नचाउने, आफुलाई धेरै सम्झने तथा स्त्री प्रसंगको अत्यधिक इच्छामा उपसर्ग प्रकट भएपछि विस्तारै विस्तारै पुरा पागलपन आउछ । कुनै प्रकारको भ्रम वा झुटा विश्वास हुने, सन्देह, कहिले चुप रहने र कहिले क्रोध बढ्ने आदी जस्ता विभिन्न लक्षण यो रोगमा देखिन्छ ।

मानिस जब आफ्नो मानसिक तनावको कारण आफ्नो मस्तिष्कबाट नियन्त्रण हराएमा पागल हुन्छ । मानिस पागल हुने धेरै कारण छन् ।

१. जब सारा सत्यता पत्ता लाग्छ जस्तो कि कोही उसको पछाडी षड्यन्त्र गरीरहेको छ ।

२. जब कोहीमाथी धेरै रिस आएमा

३. मानिस तब पनि पागल हुन्छ, कुनै खेलमा धेरै पैसा हारेमा

४.अत्यधिक मादक पद्धार्थ सेवन गरेमा पनि पागल हुन्छ ।

५.कुनै प्रकारको प्रिय वस्तु व्यक्तिको अनिष्ट भएमा पनि पागल हुन्छ जस्तो मायामा

पागलपनको खतरा कसरी कम गर्ने

  • हप्तादिनमा एक पटक आधा घण्टा शारीरिक अभ्यास गर्ने
  • धुम्रपान मद्यपान नगर्ने
  • स्वस्थ र सन्तुलित खाना खाने, जस्तो माछा, फल, सागसब्जी नियमित गर्ने । रातो मासु र चीनी कम गर्ने
  • उच्च रक्तचाप, कोलस्ट्रोल र टाइप–२ डायबेटिजको ध्यान राख्ने
  • स्ट्रोक, हृदय रोग र डायबेटिजबाट जोगिन तौल नियन्त्रण गर्ने
  • दिमाग सक्रिय राख्ने, गेम खेलिराख्ने
  • आफैलाई सामाजिक कार्यमा सक्रिय राख्ने
  • एक्लै नबस्ने



प्रतिक्रिया दिनुहोस्