काठमाडौं, २ वैशाख । दक्षिण कोरियाबाट फर्किएका एक युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनको द्रुत परीक्षणका क्रममा संक्रमण देखिएको हो ।
२८ वर्षीय ती युवक एक महिना अघि कोरियाबाट फर्किएको जनाइएैको छ । धादिङ्गको ज्वालामुखी गाउँपालिका बस्ने ती युवकलाई टेकु अस्पताल ल्याइएको बुझिएको छ ।
दुई महिना कोरिया बसेर फर्किएका उनी सामाजिक संस्थामा कार्यरत रहेको बुझिएको छ । उनी फर्किएपछि क्वारेन्टाइनमा बस्न भनेपनि घरमै बस्ने भनेर पन्छिएका थिए ।
पछिल्लो पटक परीक्षण गर्दा पोजेटिभ देखिएपछि युवकका परिवारलाई पनि क्वारेन्टाइनमा राख्न तयार अवस्थामा राखिएको छ । युवकको दोस्रो परीक्षणबाट आउने नतिजापछि टुंगो लगाइने बुझिएको छ ।