Logo

ऐश्वर्याको गीतमा ‘धडक गर्ल’ जान्हवीको नृत्य



मुम्बई, बैशाख ३ । लकडाउनका कारण पूरा देश आफ्नो घरमा कैद रहेपनि बलिउड स्टारहरू भने आफ्ना फ्यानलाई मनोरञ्जन गराउन अनेक उपाय निकालिरहेका छन्। बलिउड तथ टीभी स्टार्स सोसल मिडियामार्फत फ्यानसम्म पुगिरहेका छन्। धडक गर्ल जान्हवी कपुरले पनि आफ्नो नृत्यकला देखाएर फ्यानका लागि एउटा भिडियो सेयर गरेकी छन्। भिडियोमा उनी ऐश्वर्या रायको गीतमा नृत्य गर्दै देखिएकी छन्।

भिडियो सेयर गर्दैै उनले लेखेकी छन्, ‘क्लासरुम मिस गरिरहेकी छु तर जहाँ पनि क्लासरुम बनाउन सक्छु।’ क्लासरुम बन्द भएप नि जान्हवीले डान्स प्राक्टिस जारी राखेकी छन्। भिडियोमा इन्ट्रक्टरसँग उमराव जान फिल्मको चर्चित गीत ‘सलाम’ मा डान्स गरिरहेको देखिन्छ। दर्शकले उनको यो भिडियो निकै मन पराएका छन्। फ्यान मात्रै होइन स्टारहरूले पनि यसको तारिफ गरेका छन्।

यसैगरी अदा शर्माले पनि एउटा भिडियो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छन्। भिडियोमा उनी गोविन्दा र करिश्मा कपुरको गीत ‘हुस्न है सुहाना, इश्क है दिवाना’ मा डान्स गरिरहेकी छन्।एजेन्सी



प्रतिक्रिया दिनुहोस्