काठमाडौं, बैशाख ३ । पश्विमी वायुको प्रभाव बढेसंगै देशभरको मौसममा आंशिक परिवर्तन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका मध्य र पूर्वी क्षेत्रका अधिकांश भू–भागमा र पश्चिमका केही भू–भागमा चट्याङ्ग, असिना र हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ ।
त्यस्तै,आज राति देशभर आंशिकदेखि सामान्य बदली संगै देशका केहि स्थानहरुमा चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।फोटोः जिपी भण्डारी