Logo

आज २०७७ साल बैशाख ३ गते बुधबारको राशिफल



काठमाडौं, ३ बैशाख । आज श्री शाके १९४१ बि.स. २०७७ साल बैशाख ३ गते बुधबार इश्वी सन २०२० अप्रिल १५ तारीख बैशाख कृष्णपक्ष अष्टमी तिथी उत्तरषाढा नक्षत्र सिद्धि योग बालव करण चन्द्रमा धनु राशिमा प्रातः ०६ः३५ बजे सम्म पश्चात मकर राशिमा आनन्दादि योगमा वज्र योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋर्तु बुधाष्टमीव्रत, गोरखकालीपूजा भ।पु। ब्रह्माणीयात्रा (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा लगाईएको लगनशिलताको कदर हुने समय रहेकोछ । पारिवारिक साथ र सहयोगमा महत्वपुर्ण कार्यहरु सम्पादित रहनेछन । मानसम्मान प्राप्तीको समय रहेकोछ । मान्यजनहरुको स्वास्थ्यमा सामान्य समस्या भने देखा पर्नेछ । सवारीसाधनको प्रयोगमा सावधानी अपनाउनु होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अपरिचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आँट र साहसको कमीले कार्यमा ब्यबधान आउला । विपक्षी सवल रहनाले तपाईलाई आफ्नो कमजोरीको महसुस हुनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साझेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजनबीचको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ब्यापार ब्यवसायका निम्ति उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरिरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । आर्थिक क्षेत्र मध्यम रहनेछ । दाजुभाई तथा मित्र जनहरुसँगको सम्बन्ध टाढिन सक्छ । परिवारका कोही सदस्यहरुको स्वास्थ्यमा खराबी आउन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्य गडबढीका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । शत्रु सबल रहनाले कुरा काट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नुपर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अध्यन अध्यापनका निम्ति अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौद्धिक ब्यत्तित्वहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानीमा उत्तम समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदामूलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक श्रोत र साधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ्यम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिक आत्मबिश्वास तथा घमण्डका कारण मित्रतथा दाजुभाईसँगको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरिएका कार्यले दिगो फाईदा दिलाउनेछ । पारिवारिक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ लगानीका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरिरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनुपर्ने समय रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरुमध्ये कसैको स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्नेछ । आयआर्जनको क्षेत्र मध्यम रहनेछ । जीवनसाथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) नजिकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ्य क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ बिशेष ध्यान दिनुहोला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) शुभचिन्तकहरुको साथ सहयोगमा आर्थीक क्षेत्र सबल बन्नेछ । भोजभतेर जन्य कार्यमा सहभागिताको योग बन्नेछ । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परिश्रम गर्नुपर्न सक्छ । बौद्धिक क्षेत्रको विकासले तपाईको मान सम्मानमा वृद्धि गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्