Logo

पाँच र दश दरका ६४ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई,यसरी पार्याे टेण्डर



काठमाडौं, ३ वैशाख । नेपाल राष्ट्र बैंकले पाँच र १० दरका ६४ करोड थान नोट छाप्ने जिम्मा चिनीयाँ कम्पनी ‘चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनलाई’ दिएको छ।

केन्द्रिय बैंकले पाँच दरका ३० करोड थान र १० दरका ३४ करोड थान नोटको डिजाइन, छपाई आपूर्ति गर्न उक्त कम्पनीलाई जिम्मा दिएको हो।

यसअघि राष्ट्र बैंकले गत जनवरी १४ मा सो नोटहरुको डिजाइन, छपाइ तथा आपूर्तिको लागि बोलकबोल आह्वान गरको थियो। उक्त बोलकबोलमा न्यूनतम मूल्याङ्कनमा बोलपत्र पेश गर्ने चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनलाई जिम्मा दिइएको हो।

कम्पनीसँग गत चैत २ गते १० दरका ३४ करोड थान नोट छाप्न अमेरीकी डलर ४१ लख ४० हजार ४०० र पाँच दरका ३० करोड थान नोट छाप्न अमेरिकी डलर ४३ लाख ९५ हजार ५०० मा सम्झौता भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot