काठमाडौं, ३ बैशाख । सरकारद्धारा गठित कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्रतीय समन्वय समितिको बैठक सुरु भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको समितिको बैठक सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालयमा बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिए । उनकाअनुसार आजको बैठकमा विपन्नलाई राहत वितरण प्रभावकारीबनाउने, लकडाउन कार्यान्वयन प्रभावकारी बनाउने र काठमाडौंबाट जिल्ला फर्कनेहरुको बारेमा के गर्न सकिन्छ भन्नेबारे पनि छलफल हुने एक मन्त्रीले जानकारी दिए । file photo