बिपुल प्रधान:
अज्ञात अनन्त कालदेखि
रहस्य बोकि
हरियो धर्तिमा
अवतरित यो मानव जीवन
धेरै नै मिठो छ होला र त
नखाइ छोडदैन कसैले
खानछन
ऐया१भन्न पाउदैनन
खपी न सकनु दुख छ
मुटु चुडाल्ने पीर छ
छाति पोल्ने डाह छ
भन्नै न हुने तिर्खा छ
भने हरु झै
जिवनलाइ तितो
टेरो वा अमिलो
या नुनिलो छ
भन्ने ठान्नेलाइ पनि
यहि भन्न चाहान्छु
जीवन गुलियो छ होला
क्षनमै ज्यान लिने
अघोरै गुलियो मानिएको
पोटासियम साइनाइड भन्दा
खानाले चाख्न पायो
स्वादै लिन पाएन्न
एस र डब्ल्यु मै
दुबै लय तन्न भयो
अनि
अनुभव बनाउने
स्वाद थाहा पाउने
बाकी नै रहेनन
तसर्थ
गुलियो छ भन्ने अनुमानमा
सब जिन्दगी बिताउछ्न
बिताइ रहेछन
मर्नेले बाँचुन्जेल
स्वाद पाउदैन्
स्वाद पाउनेले फर्केर
भन्न पाउदैनन
त्यसैले सोचछु
सबैले सोच्याझै
मीठो नै होला यो जीवन
पोटासियम साइनाइड भन्दा।