Logo

भारतमा लकडानमा पनि कृषि, ढुवानी, निर्माणलगायतमा छुट



एजेन्सी, ३ वैशाख । भारतमा लकडाउनमा पनि अत्यावश्यक र महत्वपूर्ण काम गर्न छुट दिइने गरी निर्देशिका बनाइएको छ । भारतको गृह मन्त्रालयले दोस्रो चरणको लकडाउन शुरु भएपछि आज निर्देशिका जारी गरेको हो जुन ८ वैशाखदेखि लागू हुनेछ ।

निर्देशिका अनुसार स्वास्थ्य सेवालाई पहिलो नम्बरमा राखेर अस्पताल, औषधी पसल, औषधी निर्माण कम्पनि खोल्न दिइने भनिएको छ ।
दोस्रो नम्बरमा कृषिलाई राखेर कृषिसँग सम्बन्धित गतिविधि गर्न दिइने उल्लेख छ । कृषि उत्पादन, बिजारोपण, माछापालन, दुग्ध उत्पादन र विक्रीलगायत गर्न दिइने भनिएको छ ।

तेस्रो नम्बरमा वित्तिीय क्षेत्रलाई राखेर बैंक, इन्सुरेन्स कम्पनिलगायतको सेवा सुचारु गर्न दिइने उल्लेख छ ।

चौंथो नम्बरमा सामाजिक क्षेत्रका बाल गृह, मानसिक समस्या भएका, वृद्धाश्रम संचालन गर्न छुट दिइने भएको छ ।

पाचौं नम्बरमा सार्वजनिक आवश्यकताका पेट्रोल पम्प, ग्याँस, इन्टरनेट, टेलिफोन, हुलाक संचालन गर्न दिइने जनाइएको छ ।

छैंठोमा ढुवानी छुट दिइने उल्लेख छ । रेल, हवाई, जलमार्गबाट कार्गो संचालन गर्न दिइने छ । सामान ढुवानीमा ट्रक संचालन गर्न दिइने छ र त्यसमा दुई ड्राइभर र एक सहयोगी चढ्न पाउनेछन् ।

अत्यावश्यक सेवामा खाद्यान्न, तरकारी, फलफूल, दुध, माछामासुका पसलहरु संचालन गर्न दिइनेछ । प्रिन्ट र इलेक्ट्रोनिक मिडिया संचालन गर्न दिइने छ । लकडाउनका कारण रहेका पर्यटकलाई राख्न होटल, होभस्टे, लजहरु संचालन गर्न दिइनेछ ।

प्लम्बर र विद्युतको मर्मत गर्नेलाई समेत छुट दिइनेछ । सडक, सिचाईं, भवनलगायतको निर्माणमा छुट दिइनेछ ।

तर, भारत सरकारले हवाई, रेल र सडक मार्गबाट यात्रामा रोक लगाउने उल्लेख गरेको छ । शैक्षिक संघ संस्था, सिनेमा हल, सपिङ कम्प्लेक्स, राजनीतिक र सामाजिक गतिविधि, पाँच जनाभन्दा बढी मानिसको भेला, धार्मिक गतिविधि, रक्सी, गुट्खा, सुर्ति चुरोटको सेवनमा समेत बन्देज लगाएको छ ।-Photo Source: agency



प्रतिक्रिया दिनुहोस्