एजेन्सी, ३ वैशाख । इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार ६७ पुगेको छ । भाइरसको संक्रमणबाट एक लाख ६२ हजार चार सय ४८ जना प्रभावित भएका छन् । त्यसैगरी इटलीमा ३७ हजार एक सय ३० जना मानिसहरु भाइरसको उपचारपछि सकुसल घर फर्केका छन् ।
त्यस्तै,तीन हजार एक सय ८६ जना मानिसको अवस्था गम्भिर रहेको छ । अमेरिका भने निकै प्रभावित भएको छ । इटाली कोरोना संक्रमण सुरु भए पश्चात सय चिकित्सकको निधन भएको छ । कोरोनाको संक्रमणले दोश्रो चरणको भयाबह स्थिति पैदा गर्न सक्ने चीनको अनुमान रहेको छ ।
विश्वभर भाइरस संक्रमणबाट २० लाख १४ हजार ९ तीन जना प्रभावित भएका छन् भने मृत्यु हुनेको संख्या एक लाख २७ हजार पाँच सय ९४ पुगेको छ l