वैशाख ३, काठमाण्डौ । नेपालमा अहिलेसम्म १५ हजार ८ सय जनाको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार घाँटीको स्वाबको नमुना परीक्षण पिसिआरबाट ६ हजार ८ सय ७१ जनाको र रगतको नमुना परीक्षण गरिने ¥यापिड किटबाट ८ हजार ९ सय २९ वटा परीक्षण सम्पन्न भएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९४ वटा परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । ¥यापिड किटबाट गरिने परीक्षण अब १४ जिल्लामा विस्तार गर्न बाँकी रहेको उनले बताए । विभिन्न जिल्लामा ¥यापिड टेस्ट गर्दा पोजेटिभ भेटिएकालाई पुनः पिसिआर विधिबाट परीक्षण गर्ने काम भइरहेको देवकोटाले जानकारी दिएका छन् ।
देशभर अहिले ५ हजार ६ सय १४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी आइसोलेसनमा १ सय १७ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । कोरोनाबारे गुनासो व्यक्त गर्न स्थापना गरिएको कल सेन्टरमा २ हजार ६ सयभन्दा धेरैको गुनासो सम्बोधन गरिएको छ ।
त्यसैगरी मोबाइल एप्स र वेवसाइटबाट पनि स्वास्थ्य परीक्षणको स्वः मूल्याङ्कन गर्नेको संख्या १७ हजार ६ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जना रेड जोनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
सनसिटी अपार्टमेन्टमा बस्दै आएका २ सय ९८ जनाको ¥यापिड टेस्ट गर्दा सबैको नतिजा नेगेटिभ आएको छ । सुरुमा पोजेटिभ देखिएका एक जनाको पुनः परीक्षण गर्दा नेगेटिभ आएको पनि उहाँले जानकारी दिनुभयो । प्रवक्ता देवकोटाले कोरोना पोजेटिभ आएका व्यक्तिको परिचय नखुलाइदिन पनि संचारमाध्यमलाई आग्रह गरेका छन् ।
मन्त्रालयले आजै कोरोना रोकथाम र नियन्त्रणसम्बन्धमा विज्ञहरुसँग छलफल गरेको थियो । छलफलमा परीक्षणको दायरा बढाउन र लक डाउनको पालना गर्नुपर्नेमा जोड दिइएको थियो । मन्त्रालयले लक डाउनका बेला घरमै बसिरहँदा मानसिक समस्या आउन सक्ने भन्दै घरभित्रै गर्न मिल्ने विभिन्न सृजनात्मक क्रियाकलापमा सक्रिय हुन सुझाब दिएको छ ।