काठमाडौँ ३ वैशाख : परिवारका सदस्यकाे मलामी जाने ब्यक्तिहरू बाहेकले अब सवारी पास नपाउने भएका छन्। जिल्ला प्रशासन कार्यलय काठमाण्डौले बैशाख ३ गते सूचना जारी गर्दै उक्त जानकारी गराएको हो।
कार्यलयले सवारी पासको माग अत्याधिक भएकोले बढी भीडभाड हुन हुन गई लकडाउन नै उल्लघंन हुने अवस्था सिर्जना भएको भन्दै सवारी पास रोकेको् हो।
प्रशासन कार्यलयले अब आफ्नो परिवारको सदस्यको मृत्यु संस्कारमा जाने बाहेक अन्य ब्यक्तिको लागि सवारी पास जारी नहुने जनाएको छ।मेरोलागानीबाट