Logo

६ प्रकारका मान्छेको अपमान गरे नाश



श्रीमद्भागवत महापुराणमा भगवान कृष्णले ज्ञान र उपदेश दिएका छन् । उक्त उपदेशमा ६ यस्ता मानिसहरुको बारेमा बताएका छन् जसलाई नराम्रा सोच्ने वा उनका अपमान गर्ने मानिस आफैले दुष्परिणाम भोग्नु पर्छ ।

जसले व्यक्ति देवता, वेद, गाई, ब्राह्मण, साधु र धर्मको बारेमा नराम्रो सोचेमा उसको छिटो नै नाश हुनसक्छ । जन्मको आधारमा कोही पनि ब्राह्मण हुनसक्दैनन् । ब्राह्मण त ती हुन् जसले वैदिन नियमको पालन गरी ‘ब्रह नै सत्य हो’ भन्छ वा बुझ्छ ।

देवः देवी वा देवताको अपमान गर्ने व्यक्ति धेरै समय टिक्न सक्दैन । उसको एक दिन नाश हुन्छ चाहे त्यो हिरण्यकश्यप होस् वा रावण ।

वेदः वेदको अध्ययन नगरेपनि वेदको वारेमा नराम्रो सोच्ने वा बोल्नेलाई अपराधी मानिएको छ । वेद ईश्वरको वाक्य हो । प्राचीनसमय देखि आजसम्म जसले वेदको अपमान गरे उनलाई ईश्वरको दण्ड अवश्य भोग्नु पर्नेछ ।

गाईः जब जब गाईको अपमान हुन्छ तब उसको दण्ड सबैले भोग्नुपनैृ हुन्छ । गाईमा सबै देवी र देवताको वास हुन्छ । ८४ लाख जुनि भोग्नु पर्नेमा अन्तिममा गाईमा आत्मा आउछ । गाईको सम्मान नगर्ने मानिसलाई राक्षस समान मानिन्छ ।

ब्राह्मणः ब्राह्मण उसैलाई भनिन्छ, जसले ब्रह्मलाई मान्छ र बुझेको हुन्छ । जो प्रतिदिन संध्यावंदन र वेदपाठ गर्छ । जुन व्यक्ति संसारमा रहेर आफ्नो सम्पुर्ण जीवन धर्म–कर्म कार्यमा लगाउछन् उसको कहिल्यै पनि अपमान गर्नुहुँदैन ।

साधुः साधु जंगलमा आश्रम बनाएर बस्छन् । सन्यास आश्रममा दक्ष व्यक्तिलाई ऋषि भनिन्छ । हरेक किसिमका ऋषि र साधुलाई सधै सम्मान गर्नुपर्छ । ऋषिको मुखबाट निक्लेको वचन श्राप वा वरदानमा फलीफुत हुन्छ ।

धर्म–कर्मको कुराः धर्म र कर्मको कुरा मा कहिल्यै पनि मजाक बनाउन हुँदैन । अश्रथमा द्धारा धर्मको निन्दा गरी अर्धमको साथ दिएको कारण भगवान कृष्णले उसलाई मुक्ति नहुने श्राप दिएका थिए । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्