एजेन्सी, ३ वैशाख । फोबर्स पत्रिकाकाले गत हप्ता सार्वजनिक गरेको विश्वको धनीको सुचीमा अमेजनका संचालक जेफ बेजोस रहे । तर, उनको सम्पत्ति गत वर्षको तुलनामा घटेको थियो । यसको कारण थियो पत्नी म्याककेन्जी बेजोससँगको सम्बन्ध बिच्छेद ।
सम्बन्ध बिच्छेद गर्दा म्याककेन्जी बेजोसले अमेजनको कुल मूल्यको ४ प्रतिशत प्राप्त गरेकी थिइन् । उनले विश्वको अर्बपतिको मुख्य ५०० को सुचीमा आफूलाई पार्न सफल भइन् । त्यतिबेला उनले केही अर्ब डलर सम्पत्ति गुमाएका थिए ।
५६ वर्षीय बेजोस अहिले गुमेको सम्पत्तिभन्दा बढी आर्जन गर्न सफल भएका छन् । उनको सम्पत्तिमा २४ अर्ब अमेरिकी डलर थपिएको छ । महामारीको संकटले मानिसहरु लकडाउनका कारण घरमै रहेकाले अमेजनको व्यापार ह्वात्तै बढेको छ । अनलाइन सपिङ फष्टाएको छ ।
कोरोनाका कारण विश्वको अर्थतन्त्र तहसनहस भएको बेला अमेजन संचालकको सम्पत्ति भने ह्वात्तै बढेको हो। संसारकै ठुलो ई(कमर्स बिजनेसका संचालक जेफ बेजोसकोे सम्पत्ति २४ अर्ब अमेरिकी डलरले वृद्धि भएको हो ।
कोरोना भाइरसको महामारीमा बढेको अनलाइन किनमेलका कारण उनको सम्पति बढेको ब्लूमबर्ग बीलीनेअर्स इन्डेक्सले जनाएको छ ।
यससँगै विश्वका सबैभन्दा धनी व्यक्ति बेजोससँग अहिले एक खर्ब २४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको ब्लूमबर्ग बीलीनेअर्स इन्डेक्सको तथ्याङ्क छ।
बेजोसको अमेजनमा ११ प्रतिशत शेयर छ र मङ्गलवार अमेजनको शेयरको मूल्य ५.३ प्रतिशतले वृद्धि भएको छ ।