Logo

आज २०७७ साल बैशाख ४ गते बिहीबारको राशिफल



काठमाडौं, ४ बैशाख । आज श्री शाके १९४१ बि.सं. २०७७ साल बैशाख ४ गते बिहीबार इश्वी सन २०२० अप्रिल १६ तारीख बैशाख कृष्णपक्ष नवमी तिथी श्रवण नक्षत्र साध्य योग तैतिल करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा ध्वज योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋर्तु भक्तपुरमा छुमा गणेश यात्रा (ज्यो. प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सभा तथा सम्मेलनजन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तिको योग रहेकोछ । सामाजिक कार्यका क्षेत्रमा सहभागिता जनाउने अवसर प्राप्त रहनेछ । परिश्रमअनुरुपको फल प्राप्ति हुने समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहेनछ । पारिवारिक झोर झमेलाको सामना गर्नुपर्ने समय रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पारिवारिक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुनसक्छ । कार्य सम्पादनमा ढिलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरुसँगको भेटघाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) शारिरिक आलस्यातले गर्दा गरिरहेका काम को क्षेत्रमा अपजस सहनु पर्ला । सोचेकोभन्दा बढि मात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानी मध्यम रहेता पनि बोलीको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जीवनसाथीको सहयोगमा गरिएका व्यापार तथा व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानसिक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलीको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानी साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । मनमा चन्चलताले बास गर्नाले सही निर्णय गर्न नसकिएला । शुभ चिन्तकको वृद्धि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आय आर्जनमा वृद्धि गर्नका लागि तपाईले बढि परिश्रम गर्नु पर्नसक्छ । वौद्धिक क्षेत्रको विकासले तपाईको मान सम्मानमा वृछि हुने छ । आफूभन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । वौद्धिक ब्यक्तित्वसँगको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक मनोरञ्जनका निम्ति धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ र सहयोगमा कमी आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात् मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारिवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नै घमण्डका कारण दाजुभाईबीचको सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आँट तथा साहसको कमीले कार्यमा व्यवधान आउला । विपक्षी सबल रहनाले तपाईलाई आफ्ना कमजोरीको महसुस हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आफन्तजनबीचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ र सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थ्यमा आएको खराबीले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । सामान्य वादविवादको चक्कर काट्नुपर्नेछ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) परिवारका कोही सदस्यहरुको स्वास्थ्यमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा वृद्धि हुने योग रहेको छ । मनमा आँट र साहसको कमीले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जीवनसाथीको साथीको सहयोगले व्यापार तथा व्यवसायमा सुधार आउनेछ । सही निर्णय हुन नसक्दा परिवारिक कलहको सामाना गनुपर्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) शत्रु सबल रहनाले कुरा काट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नुपर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्च हुनसक्ने सम्भाबना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न मुश्किल हुन सक्ला । आफ्नु प्रिय ब्यक्तिसँगको बियोगले मन निरुत्साहित रहला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) यात्रा फाईदामूलक हुनसक्ने सम्भाबना रहेको छ । आय आर्जनको लागि राम्रो समय रहेतापनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्रसँगको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । आम्दानी वृद्धिका लागि बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अवलम्बन गर्नु लाभदार्इक रहला । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्