काठमाडौं, ४ बैशाख । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अहिले २४ सै घण्टा कोरोना रोकथाम तथा नियन्त्रणको लागि खटिएका छन् । सरकारले पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति समेत गठन गरेको छ । समितिको बैठक दिनहुँजसो बसिरहेको छ । समिति सम्मिलित मन्त्रीहरुसँगपनि उनको दैनिक भेटघाट भैरहन्छ । सरकारले कोरोना रोकथामको लागि यही बैशाख १५ गतेसम्म लकडाउन कायम गरेको छ । यो अवधिमा सरकारले लकडाउन कार्यान्वयन प्रभावकारी बनाउको लागि आफ्नो सबै संयन्त्र परिचालन गरेको छ ।
उपप्रधानमन्त्री पोखरेलले लकडाउन १५ गतेसम्म कडाईका साथ पालना गराउन आफूहरु सक्रिय रहेको प्रतिक्रिया दिएका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने-“हामी अत्यावश्यकबाहेक केही पनि सवारी चल्न दिँदैनौं । सरकार जनताप्रति नतमस्तक छ । कोरोनाविरुद्ध सरकारको कदम सफल हुन्छ । जनतलो जुन साथ दिएका छन् ।यो अभूतपूर्व छ । अहिले सबैबीच एकता छ ।”
कोरोनाविरुद्धको यो लडाईमा उपप्रधानमन्त्री पोखरेलको भूमिका र सक्रियता महत्वपूर्ण छ । उनी दैनिक यससम्बन्धी बैठक तथा छलफलमा भाग लिन सक्रिय हुन्छन् । र, परेको बेला आवश्यक निर्देशनसमेत दिने गरेका छन् । उनले सबै पक्षसँग समन्वय गर्ने काम पनि गरिरहेका छन् । विभिन्न दलका नेता, पूर्व प्रधानमन्त्रीहरु लगायतसँग छलफल गर्ने र उनीहरुको सल्लाह र सुझाव आत्मसात गर्ने कार्यपनि गरिरहेका छन् ।
त्यस्तै, यो लकडाउनको मारमा परेका जनताप्रति सरकारले विशेष ध्यान दिएको छ । उनले दैनिक ज्यालादारी तथा मजदुरी गर्ने र विपन्न परिवारलाई आवश्यक राहत सामग्री पनि उपलब्ध गराउन मातहातका निकायलाई निर्देशन दिएका छन् । उनले देशभरिका कोही पनि जनतामा खाद्यान्नको अभाव नहोस भनेर सचेतनापूर्वक कदमसमेत चालेका छन् । file photo